समाचार

कपिलवस्तु शिवराजमा सञ्चालित तीन दिने पत्रकारिता तालिम एक समारोहबीच समापन

धर्मेन्द्र कुमार कुर्मी
२०८१ फाल्गुन ४ | बिहान ०६:११ बजे

कपिलवस्तु, फागुन ३ । कपिलवस्तु शिवराजमा सञ्चालित तीन दिने पत्रकारिता तालिम शनिबार एक समारोहबीच समापन भएको छ । दलित पत्रकार संघको आयोजनामा फागुन १ गतेबाट सुरु भएको तालिममा जिल्लाका दश पालिकाका २४ किशोर किशोरी सहभागि भएका थिए ।

समापन कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सत्य तथ्यका आधारमा पत्रकारिताका गर्नुपर्ने बताए । जनप्रतिनिधिहरुलाई खबरदारी गर्ने र राम्रा कामको जनतामाझ लैजाने जिम्मेवारी पत्रकारहरुको दायित्व रहेको रसमाचार लेख्दा संवेदनशिल हुनुपर्ने बताए।

photo 2025 02 16 06 49 00

तीन दिनसम्म चलेको तालिमले पत्रकारहरूको दक्षता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्राले पत्रकार समाजको ऐना रहेको बताए । पत्रकार राष्ट्रको चौथो अंग रहेकोले सरकारले गरेका हरेक कामलाई निगरानी गर्नुपर्ने बताए ।

तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने बताउँदै नव आगन्तुक पत्रकारहरुलाई सफलताको कामना गरे ।कार्यक्रममा दलित पत्रकार सघका केन्द्रिय सदस्य चिन्ता परियारले तालिममा आधारभूत कुराहरु सिकेपनि यो पूर्णता नभएको बताए।

photo 2025 02 16 06 49 03

पत्रकारीता गर्न धेरै अध्ययन आवश्यक रहने भएकोले क्षमता विकास सगै अध्ययन गर्न सुझाव दिए।
कार्यक्रममा दलित पत्रकार सघ लुम्बिनी प्रदेश सचिव अनिल नेपाली पत्रकार महासघ कपिलवस्तु सचिव सनिउल्लाह धाेवी प्रेस चाैतारी कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियोे।

तीन दिनसम्म संचालन गरेको तालिमले दलित पत्रकारहरु क्षमता विकास र कपिलवस्तुमा सबै पालिकामा पत्रकारीतालाई मजबुत बनाउने संघका अध्यक्ष सम्भु विकले बताए । सम्भु विकको अध्यक्षता,जिल्ला सचिव सागर सुनारको संचालनमा सम्पन्न भएको हो ।

photo 2025 02 16 06 49 07

कमेन्टहरु