देश

कपिलवस्तुमा तीन दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

नन्द किशोर कुर्मी (लालु)
२०८१ फाल्गुन २ | मध्यान्ह ०२:११ बजे

कपिलवस्तु । कपिलवस्तुमा तीन दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–५ चन्द्रौटामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तुको आयोजना र तीन पालिकाको आर्थिक सहयोगमा बिहीबारबाट सुरु भएको हो ।

विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरीले सञ्चार क्षेत्रमा सबैको समान पहुँच हुनुपर्ने बताएकी छन् । दलित समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न यस्ता तालिम महत्वपूर्ण हुने उनले बताईन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य चिन्ता परियारले समुदायको आवाज उठाउन पत्रकारहरूको भूमिका निर्णायक हुने बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले सञ्चार क्षेत्रले समाजलाई अघि बढाउन मार्गनिर्देशन गर्नुपर्नेमा जोडदिए । रहिस शाहले पत्रकारितामा विविधता र सबैको सहभागिता आवश्यक रहेको बताए । यसैबीच एकोराब लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष राजु खरालले सञ्चार क्षेत्रको विकासले समाजमा सकारात्मक परिवर्तन ल्याउने धारणा राखे । पत्रकार महासंघ कपिलवस्तु शाखाका सचिव सनिउल्ला धोबीले ३ दिने तालिम अझ प्रभावकारी हुने अपेक्षा ब्यक्त गरे । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तुका अध्यक्ष शम्भु विकको अध्यक्षता कार्यक्रम भएको थियो ।

विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, र बाणगंगा नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेका छन्

कमेन्टहरु