मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
अखिल क्रान्तिकारी बाजुराले मनायो ३० औं जनयुद्ध दिवस


राजेन्द्र विक
बाजुरा, फागुन ०१ । अखिल क्रान्तिकारी बाजुराको आयोजनामा ३०औं जनयुद्ध दिवस मनाइएको छ।जिल्लाको बुढिगंगा नगरपालिकामा अवस्थित बडिमालिका क्याम्पस फालासैनमा ३०औं जनयुद्ध दिवस भब्यताका साथ मनाइएको अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष पारस बुढा पंकजले बताएका छन् । अखिल क्रान्तिकारी बाजुराको आयोजना तथा अखिल क्रान्तिकारी बडिमालिका क्याम्पस कमिटिको सह-आयोजनामा माओवादी जनयुद्ध शुरु भएको दिन २०५२ फागुन १ गतेको स्मरणमा जनयुद्ध दिवस मनाइएको अखिल क्रान्तिकारी बाजुराले जनाएको छ।
अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष पंकज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र शुदुरपश्चिम प्रदेश समिती कोषाध्यक्ष कमल कुमारी शाह प्रमुख अतिथि रहनुभएको थियो भने माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिवालय सदस्य राम बहादुर अयडी,मनबहादुर साउद (बिद्रोहि)हर्क रावत,तथा अखिल क्रान्तिकारिका पुर्व केन्द्रिय सदस्य एवम् त्रिवेणि नगरपालिका-६का वडा अध्यक्ष पारस बुढा अतिथी रहेका थिए।कार्यक्रमको संचालन अखिल क्रान्तिकारी बडिमालिका क्याम्पस कमिटी सचिव दिनेश बुढाले गरेका थिए ।
कार्यक्रममा बोल्ने प्रमुख अतिथी लगायत बक्ताहरुले जनयुद्धलेनै देशको ब्यबस्थामा आमूल परिवर्तन गर्न मुख्य भुमिका खेलेकाले यसको अवमूल्यन गर्न नहुने र जनयुद्ध दिवसलाइ राष्ट्रिय दिवसका रुपमा मनाउनु पर्ने तर्क गरेका थिए। नेकपा माओवादी केन्द्र र त्यस सम्बद्घ भातृ संगठन हरुले आज देशैभर ३०औं जनयुद्ध दिवस भब्यताका साथ मनाइ रहेका छन्।























