प्रहरी/सुरक्षा, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

प्रहरीले श्रमदान गरेर पुस्तकालय भवन निर्माण

उमेश रोकाया
२०८१ फाल्गुन १ | मध्यान्ह ०१:११ बजे

बाजुरा , फागुन ०१ । जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा पुस्तकालयको भवन निर्माण गरिएको छ । प्रहरी परिसरमा जिल्लाका नागरिकले दैनिक रुपमा पुस्तकालयमा आएर अध्ययन गर्ने गरी विभिन्न लेखकका पुस्तक सहित राख्ने गरी भवन निर्माण गरेको हो । प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीको नेतृत्वमा बसिवियालो नामक पुस्तकालय निर्माण गरिएको हो । प्रहरी प्रमुख गिरीको अगुवाईमा तीन तले भवन निर्माण गरिएको छ । गिरीको व्यक्तिगत लगानी चार लाख र अन्य प्रहरी निरिक्षक हुदै जवानहरुको श्रमदानमा करिव एक करोड बढीको लगानीमा भवन निर्माण गरिएको प्रहरी बताइएको छ ।

प्रहरीले निर्माण गरेको पुस्तकालयमा चिया,कफी,मनोरञ्जनका लागि टेलिभिजन लगायतका  दृश्यहरु राखिने प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् । अनावश्यक रुपमा नागरिकहरु हिडडुल गर्ने र फुर्सदमा रहेका नागरिकले दिनभर आफुले चाहेका पुस्तक पढ्न पाउने र घरमा लिएर पनि पुस्तक लिएर पढ्ने गरी पुस्तकालय व्यवस्थापन गर्न लागिएको प्रहरी उपरिक्षक गिरीले बताए । 

पुस्तकालयको भवन निर्माणपछि पुस्तकहरुको व्यवस्थापन गरेर सबैले सहज रुपमा पुस्तकको पढ्न अवसर पाउने भएका छन् । प्रहरी कार्यालय परिसरमै पुस्तकालय संचालनमा आएपछि फुर्सदमा भएका हरेक नागरिकले पुस्तकालयमा गएर अध्ययन गर्न पाउने छन् । प्रहरी नायव उपरिक्षक गिरीले प्रहरी कार्यालयमा स्थपना गरिएको पुस्तकालयमा  पाठ्यपुस्तक सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । उनले पुस्तकालयमा विभिन्न लेखकका पुस्तकहरु सहयोगका लागि अपिल प्रहरी नायव उपरिक्षक गिरीको रहेको छ । 

कमेन्टहरु