नेपाल निजामति कर्मचारी युनियन सुनसरीको अध्यक्षमा हिरा साह निर्विरोध चयन

सुनसरी । राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता“ मुल नाराका साथ नेपाल निजामति कर्मचारी युनियन सुनसरीको अधिवेशन सम्पन्न भएको छ । विवादका बिचमा ६३ प्रतिशत बढीको उपस्थितिमा युनियन सुनसरीको अध्यक्षमा हिरा साह निरविरोध निर्वाचित हुनुभएको छ ।
युनियनको निजामति कर्मचारीको समय उत्तरको ट्रेड युनियन जिल्ला कार्य समिति, सुनसरीका नवनिर्वाचित अध्यक्ष हिरा साहले जारी गर्नुभएको पत्र अनुसार जिल्ला समिति, प्रदेश र केन्द्रीय पार्षदहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।
साहले नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय कार्य समिति काठमाडौंलाई पठाउनु भएको पत्रमा नवौ जिल्ला अधिवेशनको सबै पदाधिकारीको नामावली रहेको छ । पत्रमा भनिएको छ, “प्रस्तुत सम्बन्धमा नेपाल निजामति कर्मचारी युनियन सुनसरीको मिति २०८१÷१०÷२७ गते आइतवारको दिन नवौ जिल्ला अधिवेशनको सन्दर्भमा इटहरीमा भएको नेपाल निजामति कर्मचारी युनियनको विद्यान २०५९ (सातौ संसोधन २०८०) बमोजिम जिल्ला सभा सदस्यज्यूहरुको भेला भई गठन भएको जिल्ला कार्य समिति, केन्द्रीय महाधिवेशन प्रतिनिधी तथा प्रदेश अधिवेशन प्रतिनिधी तपशिल अनुसार भएको बेहोराको लागि अनुरोध गरिन्छ ।”
जिल्ला कार्य समिति, सुनसरीको अध्यक्षमा हिरा लाल शाह, उपाध्यक्ष खुल्लामा सन्दिप सुवेदी, उपाध्यक्ष (महिला)मा मिस्ता कोईराला, उपाध्यक्ष (समावेशी) श्रीती कुमारी मेहता, सचिवमा उमेश राई, सहसचिव(युवा)मा सन्तोश अधिकारी, कोषाध्यक्षमा माहमद कैयुम अंसारी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा खुल्ला तर्फ मन्दिरा कार्की, निश्चल घिमिरे, कल्पना पहाडी, दुर्गा माया खड्का र सस्मीता लुइटेल (के.सी.) रहनुभएको छ ।त्यसैगरी सदस्य (श्रेणीविहिन) मिनबहादुर श्रेष्ठ, सदस्य (श्रेणीविहिन) अमर लाल शाह, सदस्य (महिला)मेनुकला राई, कविता रम्तेल, सदस्य (समावेशी) ब्रजकुमार झ,, सदस्य (समावेशी) हरेराम शाह, सदस्य (मनोनित) सगुन किराँत रहनुभएको छ । जिल्ला कार्य समिति १९ सदस्य रहेको र उक्त समिति श्रम तथा रो.प्र.वि.द.नं. २१५ रहेको आधिकारी संस्थाको अधिवेशन विधिसंगत भएको जनाएको छ ।
त्यसैगरी अधिवेसनले नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय महाधिवेशन प्रतिनिधीमा निखिल पोखरेल, राजु ढुंगाना, रेवती कुमार कोईराला, छवीलाल खनाल, ढकराज कटुवाल, महेश धिताल र मिठु कुमारी श्रेष्ठ रहनुभएको छ । त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधीमानेत्र प्रसाद न्यौपाने, रोहित तिम्सीना, कैलाशराज के.सी, योगेन्द्र कटुवाल, दुर्गेश कुमार विश्वकर्मा, हुकुमलाल मेहता र मन्जु दाहाल रहनुभएको छ ।यसअघि विवाद भएकोले श्यामकिसोर मण्डलको अध्यक्षतामा एउटा अर्को युनियन समिति समेत सार्वजनिक गरेको थियो ।























