दुर्घटना

काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना : तीन विद्यार्थीको मृत्यु, ४३ घाइते (नामावलीसहित)

नवलपुर टुडे
२०८१ माघ ३० | मध्यान्ह ०७:१० बजे

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ।तीन जनाको मत्यु भएको बताए पनि प्रहरीले मृतक विद्यार्थीहरुको विवरण सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ‘अहिलेसम्म तीन जनाको मत्यु भएको डाक्टरले बताएका छन्’ उनले भने ।

चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो । सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए । साँखु–नगरकोट सडक खण्डमा ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । घाइते ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरु
पिपुल्स लाइफ केयर अस्पतामा उपचारार्थ घाइतेहरू

१) फिलिप लामा, वर्ष १०
२) प्रज्ज्वल थापा, वर्ष १०
३) भीम तामाङ, वर्ष ११
४) राम पररियार, वर्ष १६
५) सुजन मगर, वर्ष १६
६) सिरिसा सुवेदी, वर्ष १२
७) प्रकाश बम, वर्ष १६
८) साधन विष्ट, वर्ष १२
९) आराध्या शाह, वर्ष १०
१०) आशिष तामाङ, वर्ष १५
११) स्नेहा राई, वर्ष २१
१२) गंगा ज्योति, वर्ष ४२
१३) रञ्जित थापा, वर्ष १३
१४) सुहाना गुभाजु, वर्ष १३
१५) श्रीशान्त पौडेल, वर्ष १५
१६) कल्पना रेग्मी, वर्ष ३२
१७) विकल्प श्रेष्ठ, वर्ष १०
१८) नाइस्का पाण्डे, वर्ष २३
१९) सुविता तामाङ, वर्ष १४
२०) निशान्त पौडेल, वर्ष १४
२१) सौगात मगर, वर्ष १४
२२) अबित खान, वर्ष १०
(दुई जनाको नामवली आइसकेको छैन)

शंखरापुर अस्पतालमा उपचार्थ
१) आदित्य सुनार, वर्ष १२÷१३
२) धीरज साउद, वर्ष १४
३) सन्देश गिरी, वर्ष १३
यस्तै एनएमसी अस्पतालमा १० जना र टिचिङ अस्पतालमा तीन जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्टहरु