राजनीति

नेकपा (एमाले) विहादी गाउँपालिका ६ शालिग्रामको दोस्रो वडा अधिवेशन सम्पन्न 

अमृत भट्टराई
२०८१ माघ २९ | बिहान ०८:१० बजे

पर्वत । नेकपा (एमाले) विहादी  गाउपालिका ६ नं. वडा कमिटी शालिग्रामको दोस्रो वडा अधिवेशन सोमबार सम्पन्न भएको छ ।

विहादी गाउँपालिका वडा नम्बर ६ सालिग्रामा भएको अधिवेशनले नावदेव भट्टराईको अध्यक्षतामा १७ सदस्य समिति गठन गरेको छ । भने उपाध्यक्ष नारायण सुनार, सचिब प्रभाखर न्यौपाने, उप-सचिव मन बहादुर पाण्डे क्षेत्री, उप-सचिव सिता बि.क.लगायतका सदस्य रहेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडीको प्रमुख अतिथिमा सञ्चालन भएको कार्यक्रममा नेकपा एमाले बिहादी पर्वतका अध्यक्ष , नेकपा एमाले पर्वतकि नेतृ तथा बिहादी गाउँपालिका उपाध्यक्ष मीना शर्मा तिवारी, नेकपा एमाले पर्वतका नेता ओम प्रसाद कुँवर, गण्डकी प्रदेश सदस्य खोमथान ज्ञवाली लगायतको उपस्थित रहेको थियो ।

कमेन्टहरु