मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
दुई दिनमा ५ सय ६० जनाले एचपीभी खोप लगाए


बाजुरा, माघ २८ । जिल्लाको हिमाली गाउँपालिकामा दुई दिनमा ५ सय ६० जनाले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोप लगाएका छन । पालिका भित्र रहेको १२ वटा स्वास्थ्य संस्थामा माघ २७ देखि २८ गतेसम्म विधालय पढ्ने कक्षा ६ का १ सय १५ जना कक्षा ७ देखि १० सम्मका किशोरी विद्यार्थी ४ सय २६ जना र विद्यालय नजाने बाहिरका १० देखि १४ वर्षका किशोरीलाई ९ जना सहित गरेर दुई दिनमा ५ सय ६० जनाले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोप लगाएको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक गोबिन्द बोगटीले बताउनुभयो ।
एच.पी.भी. खोप अभियानलाई सफल पार्न अवरात खटिने सम्पुर्ण संस्थामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक, महिला स्वास्थ्य स्वयंसेवीका र वडा स्तरीय खोप समन्वय समितिलाई विशेष धन्यवाद दिएका छ्न । एचपीभी खोप लगाउन १२ वटा स्वास्थ्य सेवा केन्द्र सहित २२ वटा विधालय खोप केन्द्रमा लगाएको छ । खोप लगाउन छुटेको किशोरीहरुलाई माघ २९ गतेसम्म खोप सञ्चालन गरिने भएको छ ।


















