बुटवलमा प्रथम सहिद क्याप्टेन लखन थापाको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

मीन राना
बुटवल । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको स्मृति दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर युवा संघ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा सहिद क्या. लखन थापा मगरको १४८औं स्मृती दिवसको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
रगतको अभाव हुन नदिने र सामाजिक कार्यलाई निरन्तरता दिने उदेश्यले आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको थियो।
अध्यक्ष हेमन्त बुढाथोकीको संयोजत्वमा भएको रक्तदान कार्यक्रममा विभिन्न संघसंस्थाबाट आएका रक्तदाताहरुको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । रक्त संकलन केन्द्र बुटवलको प्राविधिक सहयोगमा बिहान ८ बजे देखि दिउँसो १२ बजे सम्म संचालन भएको थियो।
कार्यक्रम संस्थाका उपाध्यक्ष पहल सिंह रानाको स्वागत र सचीव खेम आलेको संचालनमा सम्पन्न भएको थियो।























