पर्वतको बर्राचौरबाट एचपीभी खोपको शुभारम्भ


पर्वत । पर्वत जिल्लाको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको आम्बारी माध्यमिक विद्यालय बाट एच.पी. भी खोप सञ्चालन गरिएको छ । पालिका भित्र रहेका १० देखि १४ वर्ष सम्मका बालिकाहरुलाई लक्ष्यित गर्दै आजदेखि विद्यालय खोप लगाउने अभियान सुरु भएको छ।
विशेषगरी यो खोप कक्षा ६ देखि १० कक्षामा अध्यनरत छात्राहरुको उमेर समुहभित्र पर्ने किशोरीलाई खोप लगाउने गरेको छ । एच.पि.भी खोप लगाउन जादा विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीहरु र विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रालाई विद्यालय पुगेर खोप लगाइने विहादी गाउँपालिका स्वास्थ्य साख प्रमुख भुपेन्द नाथ पौडेलले बताउनु भयो । यो खोप लगाउन महिला स्वास्थ्यकर्मी तथा महिला स्वयंसेवीकाहरुलाई सबै वडामा परिचाल गरिने उहाले बताउनु भयो ।
खोप कार्यक्रम पर्वतको दक्षिणी भेगमा आज बाट सुरु भएको हो दक्षिण पर्वत को बिहादी गाउँपालिका, पैयूँ गाउँपालिका र महाशिला गाउँपालिकामा फागुन २ गतेसम्म सञ्चालन रहने छ ।
शुभारम्भ कार्यक्रमको अद्यक्षता बिहादी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवम् वडा खोप समन्वय संयोजक गणेश शर्मा पौडेल रहनुभएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तथा खोप संयोजक विष्णुराम विक, बिहादी गाउँपालिका जनस्वास्थ्य अधिकृत हरि प्रसाद भुसाल, शिक्षा साख प्रमुख भिम बहादुर नेपाली वडा सदस्य लगायतको उपस्थित रहेको थियो ।























