मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

दिवा खाजा कार्यक्रम फोकल शिक्षक, नर्सहरुका पुनर्ताजगी तालिम सम्पन्न

उमेश रोकाया
२०८१ माघ २८ | मध्यान्ह ०७:१० बजे

बाजुरा, माघ २८ । एकीकृत दिवा खाजा कार्यक्रम विधालयका SHN फोकल शिक्षक तथा विधालय नर्सहरुका लागि दुई दिने पुनर्ताजगी तालीम जगन्नाथ गाउँपालिकाको समन्वय तथा विश्व खाद्य कार्यक्रम डब्लुएफपीए र एकीकृत विकास समाज नेपालको आर्थिक सहयोगमा तालिम समापन गरिएको थियो । विद्यालयका फोक शिक्षक र नर्सहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम दिईएको आई.डी.एस. नेपाल जगन्नाथ गाउँपालिका प्राबिधिक सहयोगी भिम प्रसाद पाण्डेले बताएका छन् । गाउँपालिकाका १९ वटा विद्यायका फोकल शिक्षक र एक जना विद्यालय नर्सको तालिममा सहभागिता रहेको थियो । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम तथा आधारभूत प्याकेजबारे जानकारी गराउदै स्वास्थ्य तथा पोषण सम्बन्धी क्रियाकलापको निरन्तर अभिमुखिकरणमा सहयोग पुर्‍याउने उद्देश्य सहित तालिम गरिएको पाण्डेले बताएका छन् ।

विशेषगरी यो कार्यक्रम बिधालय र बहुउद्देश्यीय तरिका परियोजना गर्नका लागि बहु क्षेत्रका लागि शिक्षा , स्वास्थ्य लगायत विभिन्न ठाउँमा काम गर्दै आएको छ । “रोगी लाई स्वास्थ रहनु सुरुमा बिधालयबाट सुरु गर्नुपर्छ । अबाको समाज स्वच्छ कसरी गर्ने सक्ने विधालय जुकाको औषधि र आइरन औषधि लगायत विधालयमा वर्षमा दुई पटक खुवाउन पर्छ ।” स्वास्थ्य र पोषण सम्बन्धि काम निरन्तर काम गर्दै आएको छ । यस्ता कार्यक्रम शिक्षा क्षेत्रमा ल्याएर एउटा खालको उर्जा ल्याएको जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरुकला बिष्टले बताएका छन । अहिले बिधालय विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम भित्र रहेर अर्गानिक दाल र साग तरकारी लगायत खुवाउने गरेको छ । यसलाई नियमित गराउन स्थानीय सरकार र संस्था सहकार्य रहिरहने बताए ।

सोही तालिम समापनको अध्यक्षतामा जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरुकला बिष्ट अतिथि प्रशिक्षक स्वास्थ्य शाखा प्रमुख फुलमाया उपाध्याय, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जयबहादुर साउद, विश्वास खाद्य कार्यक्रम दान बहादुर साउद, आइ.डि.एस. नेपाल जिल्ला संयोजक सुरेन्द्र जैरु लगायत सहित दिवा खाजा कार्यक्रम विधालयका फोकल शिक्षक र विद्यालय नर्सकोहरुको सहभागिता तालीम समापन गरिएको आई.डी.एस. नेपाल जगन्नाथ गाउँपालिका प्राबिधिक सहयोगी भिम प्रसाद पाण्डेले बताएका छन् ।

कमेन्टहरु