समाचार

राष्ट्रिय युवा संघ नेपाल, पर्साको ८ औं जिल्ला अधिवेशन फागुन ४ गते हुने

दिप्शन गुरुङ
२०८१ माघ २८ | मध्यान्ह १२:१० बजे

दिपेन्द्र सहनी

पर्सा । राष्ट्रिय युवा संघ नेपाल, पर्सा जिल्ला समितिको आठौं जिल्ला अधिवेशन फागुन ४ गते गर्ने निर्णय गरिएको छ। संघका संयोजक सुबास साहको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा प्रमुख अतिथि रूपमा नेकपा (एमाले) पर्साका उपाध्यक्ष तथा जनसंगठन प्रमुख मनोज कुमार गुप्ता रहनुभएको थियो। साथै, नेकपा (एमाले) पर्साका सचिव महेश दास, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलम, युवा संघ इन्चार्ज रवि गुप्ता, अरूण यादव, नेकपा (एमाले) वीरगंज महानगरपालिका सचिव सुन्दर कुर्मी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य कौशल किशोर साह तथा दिपेश नेपाल को समेत उपस्थिति रहेको थियो।

यस अधिवेशनले पर्सा जिल्लामा युवाहरूको संगठनलाई अझ सक्रिय र मजबुत बनाउने अपेक्षा गरिएको छ।

कमेन्टहरु