चौथो मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता : तेस्रो दिन ४ वटा खेल सम्पन्न


गैँडाकोट । चौथो सस्करणको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८१ को तेस्रो दिन ४ वटा खेल सम्पन्न भएको छ ।
गैँडाकोटको क्षेत्रीय रंगशालाको खेलमैदानमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा रत्नराज्य माध्यामिक विद्यालय बिजयी भएको छ । रत्नराज्य मा.वि.ले ज्ञानकुञ्ज इ.बो.स्कुल लाइ २ — ० गोल अन्तरले विजयी भएको हो । खेलमा रत्नराज्य माध्यामिक विद्यालयका रोहन मगर प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
आज भएको दोश्रो खेलमा गैंडाकोट ई.स्कुल बिजयी भएको छ । गैंडाकोट ई.स्कुलले ,दुर्गा आधारभुत विद्यालय ३ — ० गोल अन्तरले विजयी भएको हो । खेलमा गैंडाकोट ई.स्कुलका सम्राट थापा प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
यस्तै आज नै भएको तेस्रो खेलमा अमर इ.बोडिङ बिजयी भएको छ । अमर इ.बोडिङ र विजयी सामुदायिक शिक्षा सदन बीच भएको प्रतिस्पर्धामा अमर इंग्लिस बोडिङ १ का विरुद्ध २ गोल गरि विजयी भएको हो । खेलमा अमर इ.बोडिङ का आयुष बि क प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
यस्तै यस्तै आज भएको अन्तिम खेलमा नारायणी माध्यामिक विद्यालय बिजयी भएको छ । नारायणी आधारभुत विधालय लाइ १ का विरुद्ध ३ गोल गरि नारायणी माध्यामिक विद्यालय विजयी भएको हो । खेलमा नारायणी मा विका समिर कुमाल प्लेयर अफ दि म्याच घोषित भएको नगर खेलकुद समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक लक्ष्मण कार्कीले फास्टखबर अनलाइनलाइ जानकारी दिनुभयो ।
गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको चौथो दिन सोमबार पनि खेल सञ्चालन हुने छ ।नगरका संस्थागत र सामुदायिक गरि ३१ विद्यालयका कक्षा ८ सम्मका छात्रहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई ५१ हजार, दोस्रो हुने समूहलाई ३१ हजार, तृतीय हुने दुइवटा समूहलाई १६/१६ हजार रुपैँया नगद प्रदान गरिने गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट गोलकिपर, र वेष्ट मिड फिल्डर लाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।























