समाचार

सल्यानको श्रीनगर महोत्सवमा आगलागी : १० करोडको क्षति, आगो लगाएको हुनसक्ने अनुमान

नवलपुर टुडे
२०८१ माघ २७ | बिहान ०७:१० बजे

सल्यान । सल्यानको श्रीनगरमा जारी महोत्सवा स्थलमा मध्यराति आगलागी भएको छ। शनिबार राति ११ बजेतिर महोत्सव स्थलमा आगलागी भएकाे थियाे।

महाेत्सव स्थलमा राखिएका १३८ स्टलमध्ये आगलागी हुँदा ८० स्टल जलेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सल्यानको आयोजनामा यहीँ माघ १८ गते व्यापारिक केन्द्र श्रीनगरमा महोत्सव सञ्चालन भइरहेकाे छ।

आगो स्थानीय र प्रहरीले आइतबार विहान १ बजे नियन्त्रणमा लिएको महोत्सव आयोजक समितिले जनाएको छ। आगलागीका कारण महोत्सवमा झण्डै १० करोडको क्षति भएको छ। आगलागीका क्रममा विद्युत् बलिरहेको र विद्युत् सट नभएर अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने अनुमान छ।

कमेन्टहरु