मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
चिसोमा न्यानो कपडा सहयोग


बाजुरा, माघ २५ । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे बुढिनन्दा नगरपालिका- ९ मा रहेकोे सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभुत विद्यालय चिसोमा न्यानो कपडा सहयोग भएको छ । महामाया फाउन्डेसन काठमाण्डाै द्वारा विधालयमा अध्यनरत अनाथ विपन्न बालबालिकाहरुलाई एक सय थान विद्यार्थीहरु र ७ जना स्कुलका कर्मचारीलाई न्यानाे कपडा वितरण गरिएको छ । विद्यालयमा प्राय जनजाती (भोटे समुदायका) अनाथ विपन्न बालबालिकाहरु पढ्ने भएकोले उनीहरुको शैक्षिक अवस्थामा सुधार गर्नका उक्त कार्य गरिएको विद्यालय प्रधानाध्यापक तुलबहादुर रावतले बताउनुभयो ।
उहाँले बताउनुभयो , ” थप सहयाेगी हात हाम्रा लागि महामाया फाउन्डेसन द्वारा यस आवासीय विद्यालयका बालबालिकाहरु तथा शिक्षक कर्मचारीका लागि न्यानाे कपडा प्रदान गर्नु हुने महामाया फाउन्डेसनका संरक्षक तथा सञ्चालकलाई विद्यालय परिवारको तर्फबाट धन्यवादका साथ आगामी दिनहरुमा थप सहकार्यका लागि अनुराेध गरेको छ ।” जुन फाउन्डेसनको सहयोगले विद्यार्थीहरु एउटा राहत स्वरुप भएको छ । यसले विधालय तथा पढाईलाई नयाँ उर्जा हौसला प्रदान भएको छ । बाजुरा धेरै ठाउँका शिक्षा संस्था मध्य यो एक उच्च स्थानमा रहेकोे विधालय मानिन्छ । अहिले यो विद्यालयमा १ सय ४८ भन्दा बढी बालबालिका अध्ययन गर्दै आएका छन् ।
न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्षता विधालय व्यवस्थापन समिति अध्यक्ष, प्रमुख अतिथि नेपाल जनजाति महासंघका उपाध्यक्ष गंभिरसिङ गुरुकाे प्रमुख बिशिस्ट अतिथि नेपाल भाेटे जनजाति महासंघका अध्यक्ष जनक भण्डारी अतिथि अभिभावककाे बाक्लो उपस्थितिमा विद्यार्थीलागि कपडा वितरण कार्यक्रम गरिएको छ । उहाले यस अधि विधालयका बालबालिकालाई ६६ थान जुत्ता, माेजा र टाेपि, पि-फर्म ४ राेल, कार्पेट ४ राेल सहित २ लाख १४ हजार बराबरकाे खाद्यान्न प्रदान गरिएको थिए । यसपटकको न्यानो कपडा वितरण तेस्राे पटक सहयोग भएको विधालय परिवारले जनाएको छ ।























