बेलायती राजकुमार दम्पत्ती पोखरामा

रासस
२०८१ माघ २४ | मध्यान्ह ०७:१० बजे

गण्डकी । बेलायती राजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफिया आज पोखरा आएका छन्।
नेपाली सेनाको विमानमार्फत आएका उनीहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरेका थिए।
उनीहरुको पोखरा भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नाका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तरराष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताए।
पोखरा भ्रमणका क्रममा उनीहरुले यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गर्ने र शुक्रबार पोखराको बगरस्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ।























