अदालत

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश

नवलपुर टुडे
२०८१ माघ २४ | मध्यान्ह ०५:१० बजे

चितवन, माघ २ । रास्टिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतले आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई उक्त आदेश दिएको हो ।

हिजो अपरान्हदेखि सुरु भएको थुनछेक बहस आज सकिएपछि न्यायाधीश ढकालले उक्त आदेश दिएको अदालतका श्रेस्तेदार विश्नुप्रसाद आचार्यले जानकारी दिनुभयो । ५४ लाख धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसेको रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो ।

नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, चितवनका सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदी, जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा। सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।

 
 

कमेन्टहरु