अपराध

कृष्णनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

नन्द किशोर कुर्मी (लालु)
२०८१ माघ २४ | बिहान १०:१० बजे

कृष्णनगर । प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आएदेखि नै आफ्नो मताहत क्षेत्राधिकार भित्र पर्ने क्षेत्रमा लागुऔषध कारोबारी तथा सेवनकर्तालाई पक्राउ गर्ने अभियान नै संचालन गरेको छ । लागुऔषध नियन्त्रण अभियानकै क्रममा जिल्लाको कृष्णनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बिजयनगर गाउँपालिका वडा ४ बरगदा बस्ने बर्ष २८ का मतिउल्ला मुसलमान र पछाडी बसेका वडा ३ कडिहारका बर्ष २५ का मैराज अहमदलाई खानतलासी गर्दा मतिउल्ला मुसलमानको साथबाट ४ पुरिया लागुऔषध ब्राउन सुगर बरामद गरिएकाे इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

मंगलबार सांझ ३ बजे जिल्लाकाे कृष्णनगर भन्सार कार्यालय अगाडीबाट इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीकाे टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ६१ प ८५५४ नम्बर को मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित दुई जना व्यक्ति पक्राउ परेका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्। 

प्रहरी स्राेतका अनुसार कुल ८२० मिलिग्राम ब्राउन सुगर बिलेडको टुक्रा, टेक्नाे कम्पनीको मोबाईल, रातो कालो रङको बा ६१ प ८५५४ नंम्बरको पल्सर मोटरसाईकल र मैराज अहमदको साथबाट भिभाे कम्पनीको मोबाईलसमेत फेला परेकाे छ । दुवै जनालाई पक्राउ गरेपछि अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले बताएका छन् ।

विभिन्न समयमा लागु औषध चरेश, ब्राउन सुगर, विभिन्न प्रतिबंधित लागुऔषध टेब्लेट लगायत सामानसहित सोको कारोबारमा संलग्न तथा सेवनकर्तालाई विभिन्न समयमा लागुऔषध सम्बन्धी मुद्दा चलाई हदसम्म लागुऔषध नियन्त्रण गर्न सफलता हासिल गरेको स्थानीयले खुशी ब्यक्त गरेका छन ।

कमेन्टहरु