मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
दिवा खाजा फोकल शिक्षक, विद्यालय नर्सहरुको पुनर्ताजगी तालीम सम्पन्न


बाजुरा, माघ २३ । एकीकृत दिवा खाजा कार्यक्रम विद्यालय का SHN फोकल शिक्षक तथा विद्यालय नर्सहरुका लागि २ दिने पुनर्ताजगी तालीम सम्पन्न गरिएको छ । गाउँपालिकाको समन्वय तथा विश्व खाद्य कार्यक्रम डब्लुएफपीए र एकीकृत विकास समाज नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । विद्यालयका फोकल शिक्षक र नर्सहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको आई.डी.एस. नेपाल हिमाली गाउँपालिका प्राबिधिक सहयोगी तेजबहादुर शाहीले बताएका छन् ।
गाउँपालिकाका २२ वटा विद्यालय का फोकल शिक्षक र एक जना विद्यालय नर्सको तालिममा सहभागिता रहेको थियो । सबै विधालयमा प्यारासिटोमिल, एण्डासिड चक्की, मेट्रोनिडाजोल चक्की, क्योरामफेनिकल (आखामा हाल्ने थोपा) नवजीवन प्याकेट सहित औषधिहरु र पेभिडोन आयोडिन सोलुसन, डोलोफोन जेल, निर्मलिकृत गज, एडेसिभ टेप, कपास, कटन ब्यान्डेज, मेडिकल ग्लोब साबुन सहितका मल्हम तथा अन्य सामाग्री दिएको छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम तथा आधारभूत प्याकेजबारे जानकारी गराउदै स्वास्थ्य तथा पोषण सम्बन्धी क्रियाकलापको निरन्तर अभिलेखिकरणमा सहयोग पुर्याउने उद्देश्य सहित तालिम दिईएको शाहीले बताएका छन् ।
संस्थाले वर्षको एकपटक पोषण सप्ताह कार्यक्रम गर्ने गरेको छ । ‘बिधालय विद्यार्थीहरुको तौल, उचाई, आँखा, कान र दातको स्वस्थ्य चेकजाँच सहित जुकाको औषधी खुवाउने, प्रत्येक विद्यालयमा अध्ययनरत बालवालिकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच समेत गरेको छ। विद्यालयमा विद्यार्थीहरुलाई जुकाको औषधी खुवाउने विद्यालयमा विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छौँ ।’ स्वास्थ्य तथा पोषण सम्बन्धी अतिरिक्त क्रियाकलापहरु गर्दै आएको आइ.डि.एस. नेपाल बाजुरा जिल्ला संयोजक सुरेन्द्र जैरुले बताउनुभयो ।
विशेषगरी कार्यक्रम विद्यालय र बहुउद्देश्यीय तरिका काम गर्नका लागि बहुक्षेत्रीय लागि शिक्षा , स्वास्थ्य लगायत विभिन्न ठाउँमा अहिलेसम्म काम गर्दै आएको छ ।” रोगीलाई स्वास्थ रहनु सुरुमा विद्यालय बाट सुरु गर्नुपर्छ । अबको हाम्रो समाज स्वच्छ कसरी गर्ने सक्ने विद्यालय जुकाको औषधि र आइरन औषधि लगायत विद्यालयमा वर्षमा खुवाउन पर्छ । स्वास्थ्य र पोषण सम्बन्धि काम निरन्तर काम गर्दै आएको छ । यस्ता खालका विभिन्न कार्यक्रम शिक्षा क्षेत्रमा ल्याएर एउटा खालको उर्जा ल्याउन सकियो भने अझ विद्यालय प्रभावकारी हुने छन । संस्थालाई आफुले गर्ने सहकार्य सधै लागिपरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
आइ.डि.एस. नेपाल बाजुरा लगायत विभिन्न स्थानीय दिवा खाजा कार्यक्रम तिव्र रूपमा काम गर्दै आएको छ । अहिले विद्यालय विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम भित्र रहेर अर्गानिक दाल र साग तरकारी लगायत खुवाउने गरेको छ ।” हाम्रो जस्तो दुर्गम ठाउँमा क्यास मोडल तरिकाले भन्दा फरक ढंगले अगाडि बढेको छ । यसलाई नियमित गराउन स्थानीय सरकार र संस्था सहकार्य रहिरहनेछ । थप दिवा खाजा प्रभावकारी बनाउन विद्यालयका फोकल शिक्षक तालिम सिकेका कुराहरू लागु गरियो भने पहिलेको भन्दा फरक हुनेछ । अझ पालिकाले सहकार्य गर्ने भुमिकामा एकताबद्ध भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
दिने पुनर्ताजगी तालीमका समापन कार्यक्रमका अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अतिथि उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, तालिम प्रशिक्षक आइ.डि.एस. नेपाल बाजुरा जिल्ला संयोजक सुरेन्द्र जैरु, आइ.डि.एस. नेपाल जिल्ला लेखापाल लक्ष्मी राज जोशी, प्राविधिक सहयोगी विर्ख रावल, प्राविधिक सविन नाथ र शिक्षा शाखा प्रमुख रगुनाथ अवस्थी, स्वास्थ्य संयोजक गोबिन्द बोगटी सहित दिवा खाजा कार्यक्रम पालिका २२ वटा विधालयका फोकल शिक्षक र विद्यालय नर्सकोहरुको सहभागिता दुई दिने तालीम सम्पन्न गरिएको छ। सोही कार्यक्रम सहजीकरण आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका प्राबिधिक सहयोगी तेजबहादुर शाहीले गर्नुभएको छ ।























