नक्कली प्रमाणपत्रले जागिर खाएका प्रशिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
दिप्शन गुरुङ
२०८१ माघ २३ | मध्यान्ह ०३:१० बजे

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेसेर सरकारी सेवा लाभ लिएको आरोपमा बझाङका एक प्रशिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयपृथ्वी नगरपालिका अन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अनुसन्धानका क्रममा बोहराले जयपृथ्वी नगरपालिकाको नगरकार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्तिका लागि उच्च माध्यामिक शिक्षा परिषद्बाट जारी भएको प्लस छु तहको लब्धाङ्क पत्र नक्कली पेश गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।


















