जीवनी

समाजवादी कम्युनिस्ट पार्टी नेपालमा सबैभन्दा कान्छा पाेलिट ब्युरो सदस्य मुक्ति गैरे

नवलपुर टुडे
२०८१ माघ २३ | बिहान ०५:१० बजे

बुटवल । समाजवादी कम्युनिस्ट पार्टी नेपालकाे बिशेष राष्ट्रिय भेलाबाट सबैभन्दा कान्छा पाेलिट ब्युरो सदस्यका रुपमा रुपन्देहीका मुक्ति गैरे चयन भएका छन् ।

वर्तमान समाजवादी कम्युनिस्ट पार्टी नेपाल गत बैशाखमा पुर्ण बहादुर सिंह “समरजंग” काे नेतृत्वमा श्रमिक कम्युनिस्ट पार्टी नेपालका रुपमा गठन भएको थियो । उक्त पार्टीमा राष्ट्रिय सम्मेलन आयाेजक समितिमा रहेका उनी कान्छा सदस्य कै रुपमा विशेष भेलाबाट निर्वाचित भई काम गरिरहेका थिए । उनकाे अहिले उमेर ३४ बर्षमा चलिरहेका छन् ।

उक्त पार्टीको यहीँ माघ १६ गतेदेखि २० गतेसम्म रुपन्देहीको देवदहमा सम्पन्न विशेष राष्ट्रिय भेलाले पार्टीको नाम परिवर्तन गर्दै समाजवादी कम्युनिस्ट पार्टी नेपाल नामाकरण सहित केन्द्रीय प्रतिनिधि परिषद्, केन्द्रीय समिति, स्थायी समिति, पाेलिट ब्युरोकाे संरचना ल्याई तत ठाउँहरुमा जिम्मेवारीहरु चयन गरेको थियोे ।

उनको स्वभाव खराे र तत्काल प्रतिक्रिया दिने खालको छ । उनकाे पुरानो पुर्ख्याैलि घर पाल्पा हाे । उनि तत्कालीन माओवादीकाे जनयुद्ध चलिरहदा २०६१ साल मै १३ बर्षकाे उमेरमा स्कुलले जिवनबाटै पेशेवर कार्यकर्ता भएर काम गरेका थिए ।

उनको संक्षिप्त राजनीति जिवनि :
“२०६१ सालमा सचिव अनेरास्ववियु (क्रान्तिकारी) ईकाई समिति पाल्पाकाे सचिव, २०६२ सालमा स्थानीय स्वयंसेवक दल पाल्पाकाे सदस्य, २०६३ सालमा योङ्ग कम्युनिस्ट लिग नेपाल पाल्पा सदस्य, २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पाल्पा सदस्य, २०६४ सालमा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल/ycl), नेपाल पाल्पाकाे एरिया समिति सदस्य, २०६५ सालमा नेकपा (माओवादी) पाल्पा एरिया समिति सदस्य, २०६५ सालमा जनमुक्ति सेना नेपाल चौथो डिभिजन नवलपरासी सदस्य, २०६५ सालमा योङ्ग कम्युनिस्ट लिग, नेपाल जिल्ला समिति पाल्पा सदस्य, २०६७ सालमा एकीकत नेकपा (माओवादी) सेक्सन भिसि आम सशस्त्र विरोह पुल्वोक ललितपुर आर्क, २०६९ सालमा एकीकृत नेकपा (माओवादी) प्रतिनिधि बिशेष राष्ट्रिय भेला, २०६९ सालमा जिल्ला समिति सदस्य नेकपा (माओवादी), २०७१ सालमा जिल्ला समिती सदस्य नेकपा माओवादी) जिल्ला समिति रुपन्देही, २०७२ सालमा संयोजक अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति गुल्मी, २०७३ सालमा निर्वाचित जिल्ला उपसभामुख नेकपा (माओवादी) जनप्रतिनिधि सभा गुल्मी, २०७३ सालमा निर्वाचित अध्यक्ष अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति गुल्मी, २०७३ सालमा जिल्ला सचिवालय सदस्य नेकपा माओवादी) जिल्ला समिति गुल्मी, २०७४ सालमा निर्वाचित अध्यक्ष अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति पाल्पा, २०७४ सालमा सचिवालय सदस्य नेपाल कम्युनिस्ट पार्टी, जिल्ला समिति पाल्पा, २०७६ सालमा केन्द्रीय समिति सदस्य अनेरास्ववियु (क्रान्तिकारी), २०७९ सालमा प्रतिनिधि विशेष राष्ट्रिय भेला नेपाल कम्युनिस्ट पार्टी, २०७९ सालमा संयोजक नेपाल कम्यूनिस्ट पार्टी बहुमत, जिल्ला समिति, पाल्पा, २०७९ सालमा सदस्य नेपाल कम्यूनिस्ट पार्टी (बहुमत), लुम्बिनी ब्यूरो, २०८० सालमा प्रस्तावित केन्द्रिय सदस्य नेपाल कम्युनिस्ट पार्टी (बहुमत), २०८० सालमा सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ५ नं. प्रदेश क्षेत्रीय संगठन समिति, २०८० सालमा एकता अधिबेशनबाट निर्वाचित संयोजक क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला समिति पाल्पा, २०८१ सालमा निर्वाचित सदस्य श्रमिक कम्युनिस्ट पार्टी, नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति, २०८१ सालमा संयोजक श्रमिक कम्युनिस्ट पार्टी नेपाल साबिक लुम्बिनी अंचल को-ऑर्डिनेसन समिति, २०८१ सालमा संयोजक श्रमिक कम्युनिस्ट पार्टी नेपाल जिल्ला सम्मेलन आयोजक समिति, रुपन्देहीकाे जिम्मेवारी रहेर काम गरिरहेका थिए ।”

उनी थुप्रै युवा क्लब, पत्रकार संगठन तथा महासंघ जस्ता संस्थाहरुकाे महत्त्वपूर्ण जिम्मेवारीमा पनि रहेर काम गरिरहेका छन् भने उनले विभिन्न पत्रपत्रिकाकाे सम्पादक भएर पनि काम गरेका छन् ।

कमेन्टहरु