तस्कर

पर्साबाट ५६ लाख भन्दा बढी मुल्यको अबैध सामान बरामद

जगत ठाडा मगर
२०८१ माघ २२ | मध्यान्ह ०७:१० बजे

पर्सा । पर्साबाट ठूलो परिणामका अबैध सामान बरामद गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको अवस्थामा विभिन्न किसिमका सामान बरामद गरिएको हो ।

बरामद सामानहरु ईलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सुर्ती, चप्पल लगायतका मालबस्तुहरू रहेका छन । उक्त सामानको अन्दाजी रु.५६,४६,४२९।– (छपन्न लाख छयालीस हजार चार सय उन्नतीस) बराबरको रहेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएको छ ।

सो सामान जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, ईलाका प्रहरी कार्यालय लंगडी र प्रहरी चौकी सिर्सियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको लम्सालले बताए ।

कमेन्टहरु