समाचार

तिलोत्तमाको करौजियामा संसार कै ठुलो चरा सारस देखिए

पार्बती थारु
२०८१ माघ २२ | मध्यान्ह ०६:१० बजे
तस्वीरः पार्वती थारु

बुटवल । रुपन्देहीको तिलोत्तमा १३ करौजियामा आज मंगलबार विहान दुर्लभ पन्छी सारसको एक जोडी देखिएको छ । करौजियामा अवस्थित ठुलो पिपलको नजिकै आज विहान ती चरा भेटिएको प्रत्यक्षदर्शी आशा देवी थारुले भन्नुभयो । विहान काटेको तोरी उठाउन आउदा यो सारस चरालाई देखे । यिनीहरु जोडीमै बस्ने गर्दछन् । ठलो तालको वा सिमसारको नजिकै गुण बनाएर बस्छन् ।

यो चरालाई संसार कै ठुलो चराहरुमा गणना गरिन्छ । र यो चरा एकै क्षेत्रमा बस्न रुचाउँछ र बसाई सराई गर्दैन । सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुने यो चरालाई अङ्ग्रेजीमा सारस क्रेनु भनिन्छ । वैज्ञानिक नाम ग्रस एन्टिगन रहेको यो प्रजातिको सारसलाई विश्वमै दुर्लभ श्रेणीको चरा मानिन्छ। यो प्रजातिको सारस ६ फिटसम्म अग्लो र साढे ३ किलो तौलको हुने र पखेटा फैलाउँदा दुवै पखेटाको लम्वाइ ८ फिटसम्म पुग्छ।

लुम्बिनी प्रदेशको लुम्बिनी आसपासको सिमसार क्षेत्रमा पाइने यो चरा आज तिलोत्तमा १३ मा देखिएको हो । वयस्क सारस फुस्रो रङको हुन्छ र यसको नाङ्गो रातो टाउको हुन्छ तथा घाँटीको माथिल्लो भागमा नाङ्गो खरानी हरियो तालु हुन्छ । उडानका बेला काला मुख्य पखेटाहरु बाँकी पखेटासँग प्रष्ट फरक देखिन्छन् । बच्चाको टाउको र घाँटीतिर खियामैला रङ्का प्वाखहरू र माथिल्लो भाग खैरो चिन्हरू हुन्छन्। पुराना अल्पवयस्कहरू वयस्क जस्तै देखिने तर यिनको टाउको तथा घाँटीको माथिल्लो भाग फिक्का रातो र वयस्कको जस्तो हरियो हरियो तालु हुदैन् ।

यो प्रजातिको पंक्षी दलदल (सिमसार) क्षेत्रमा बसोवास गर्ने गर्दछ। यो उड्ने चरा मध्ये सबैभन्दा अग्लो चरा हो।

कमेन्टहरु