मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

दिवा खाजा कार्यक्रम फोकल शिक्षक तथा विधालय नर्सहरुका लागि पुनर्ताजगी तालिम

उमेश रोकाया
२०८१ माघ २२ | मध्यान्ह ०५:१० बजे

बाजुरा, माघ २२ । एकीकृत दिवा खाजा कार्यक्रम विधालय का SHN फोकल शिक्षक तथा विधालय नर्सहरुका लागि २ दिने पुनर्ताजगी तालीम गाउँपालिकाको समन्वय तथा विश्व खाद्य कार्यक्रम डब्लुएफपीए र एकीकृत विकास समाज नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । विद्यालयका फोक शिक्षक र नर्सहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम दिईएको आईडीएस नेपाल हिमाली गाउँपालिका प्राबिधिक सहयोगी तेज शाहीले बताएका छन् । गाउँपालिकाका २२ वटा विद्यायका फोकल शिक्षक र एक जना विद्यालय नर्सको तालिममा सहभागिता रहेको थियो । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम तथा आधारभूत प्याकेजबारे जानकारी गराउदै स्वास्थ्य तथा पोषण सम्बन्धी क्रियाकलापको निरन्तर अभिलेखिकरणमा सहयोग पुर्‍याउने उद्देश्य सहित तालिम दिईएको शाहीले बताएका छन् ।

उहाँले बताउनुभयो, “सबैभन्दा हामी स्वच्छ हुनुपर्छ । विशेषगरी यो कार्यक्रम बिधालय र बहुउद्देश्यीय तरिका परियोजना गर्नका लागि बहु क्षेत्रका लागि शिक्षा , स्वास्थ्य लगायत विभिन्न ठाउँमा काम गर्दै आएको छ ।” रोगी लाई स्वास्थ रहनु सुरुमा बिधालयबाट सुरु गर्नुपर्छ । अबाको समाज स्वच्छ कसरी गर्ने सक्ने विधालय जुकाको औषधि र आइरन औषधि लगायत विधालयमा वर्षमा ६/६ महिना खुवाउन पर्छ । स्वास्थ्य र पोषण सम्बन्धि काम निरन्तर काम गर्दै आएको छ । यस्ता कार्यक्रम शिक्षा क्षेत्रमा ल्याएर एउटा खालको उर्जा ल्याएको धन्यवाद सहित दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।

उहाँले बताउनुभयो, “नेपाल सरकार द्वारा संचालन गरेको आइ.डि.एस. नेपाल बाजुरा लगायत विभिन्न स्थानीय दिवा खाजा कार्यक्रम तिव्र रूपमा काम गर्दै आएको छ । अहिले बिधालय विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम भित्र रहेर अर्गानिक दाल र साग तरकारी लगायत खुवाउने गरेको छ ।” हाम्रो जस्तो दुर्गम ठाउँमा क्यास मोडल तरिकाले भन्दा फरक ढंगले अगाडि बढेको छ । यसलाई नियमित गराउन स्थानीय सरकार र संस्था सहकार्य रहिरहनेछ । थप दिवा खाजा प्रभावकारी बनाउन बिधालय र संस्थाको बढी भुमिका रहेकोे हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

सोही तालिम उद्घाटनको अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अतिथि उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, आइ.डिएस. नेपाल बाजुरा जिल्ला संयोजक सुरेन्द्र जैरु सहित दिवा खाजा कार्यक्रम विधालयका फोकल शिक्षक र विद्यालय नर्सकोहरुको सहभागिता तालीम सञ्चालन गरिएको छ। उक्त तालिम माघ २३ गते बुधबार सम्पन्न गरिने भएको छ । सहजीकरण आइ.डि.एस. नेपाल बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम हिमाली गाउँपालीका प्राविधिक सहयोगी तेजबहादुर शाहीले गर्नुभएको छ ।

कमेन्टहरु