देश

अध्यादेशका नियमावली मन्त्रिपरिषद बैठकबाट पारित

नवलपुर टुडे
२०८१ माघ २२ | बिहान ०७:१० बजे

काठमाडौँ । मन्त्रिपरिषदको आज (सोमबार) बसेको बैठकले अध्यादेशको कार्यसम्पादन नियमावली पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पास गरेको एक मन्त्रीले जानकारी दिए ।

‘अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू पारित भएका छन् । त्यस बाहेक दैनिक कार्य सम्पादनका केही निर्णय भएका छन्’, ती मन्त्रीले भने । सरकारले विभिन्न २९ वटा कानुन संशोधन गर्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू संसदमा पेस भइसकेका छन् ।

 

कमेन्टहरु