मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

पालिका स्तरीय खोप समन्वय समिति र संचार क्षेत्रको अभिमुखिकरण गोष्ठी

उमेश रोकाया
२०८१ माघ २१ | मध्यान्ह ०९:१० बजे

बाजुरा, माघ २१ । स्वामिकार्तिक खापर गाउँपालिकामा पालिका स्तरीय खोप समन्वय समिति र संचार क्षेत्रको एक दिने अभिमुखिकरण गोष्ठी कार्यक्रम गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, परिवार कल्याण महाशाखाको निर्देशन अनुसार कक्षा ६ देखि १० र १० देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी. खोप अभियान २०८१ को पालिका स्तरीय खोप समन्वय समिति र संचार क्षेत्रको १ दिने अभिमुखिकरण गोष्ठी गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

यो खोप कक्षा ६ देखि १० सम्मका छात्राहरू र बिधालय नजाने १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरुले लगाइनेछ । एच.पी.भी. खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी हुन्छ । खोप लगाउन किशोरीहरुले अभियान सञ्चालनको समयमा नजिकैको स्वास्थ्य संस्था तथा बिधालय गएर खोप लगाउन हुन अनुरोध गरेको छ । यही माघ २२ गते पालिका सबै बिधालय र स्वास्थ्य संस्थामा किशोरीहरुले खोप नछुटाउन पालिकाले आग्रह समेत गरेको छ । गाउँपालिका करिब ७ सय ५० जना किशोरीलाई खोप लगाइने लक्ष्य रहेकोे छ । खोप लगाउन छुटेका किशोरीहरुको हकमा माघ २३ गते भित्र गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरिदिनु स्वामीकार्तिक खापर गाउँपालिकाले जानकारी दिएको छ ।

खोप अभियान कार्यक्रम अध्यक्षतामा स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया अतिथि उपाध्यक्ष सुलाेचना भण्डारी बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर शाही , स्वास्थ्य संयोजक पारस शाही वडा अध्यक्षहरु र स्वास्थ्यकर्मी उपस्थितिमा पालिका स्तरीय खोप समन्वय समिति र संचार क्षेत्रको अभिमुखिकरण गोष्ठी सम्पन्न गरिएको छ ।

कमेन्टहरु