राजनीति

पाटीकै व्यक्तिहरुले दवावमा पारी जबर्जस्ती आरोप लगाए, यसमा क्षमायाचना: मोहन गोसाई

नवलपुर टुडे
२०८१ माघ २१ | मध्यान्ह ०९:१० बजे

नवलपरासी । देशको मुल ठूलो पार्टी नेपाली कांग्रेस अहिले देशव्यापी क्रियाशिल सदस्यता वितरण तथा नविकरण अभियानको अन्तिम संघारमा छ । देशै भर जसो नवलपरासी पश्चिम कांग्रेसीजन पनि सो अभियानमा लागेका छन।

सोही क्रममा केही दिन अघि नवलपरासीमा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सहकारी विभागका प्रमुख तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीसहित पालिका सभापती हरिहर चौहान एवं उपेन्द्र गुप्ताले पाल्हीनन्दन ईकाइ वडा नम्बर ३ को नयाँ क्रियाशिल सदस्यता फारम वितरण अभियानमा पार्टीका वडा सभापतिमाथि बाहुबली शैलीमा हस्तक्षेप गरेको भन्ने विषयकोे खण्डन गरिएको छ ।

समाचार अनुसार नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको वडानं ३ का वडा इकाई सभापती मोहन गोसाईलाई धाक धम्की दिई क्रियाशिल फारम वितरणमा हस्तक्षेप गरिएको भन्ने विषयको खण्डन स्वयं आरोपी गोसाईले जिल्ला कार्यालयमा दिएको निवेदनमार्फत गरेका हुन ।

IMG 20250202 WA0005

सभापती गोसाईले नेपाली कांग्रेस पार्टीका जिल्ला सभापतीलाई दिएको निवेदन अनुसार यसअघि सार्वजनिक भएको मेरो आरोप पत्रका सम्वन्धमा मलाई पार्टीमा अस्थीरता र नकरात्मकता फैलाउने केहि पाटीकै व्यक्तिहरुले दवावमा पारी जर्वजस्ती हस्ताक्षर गराईएको हो र वास्तविकता तेसो भनाई नभई सम्पूर्ण क्रियाशिलका फारमहरु मसगैं सुरक्षित रहेको भनी लिखित रुपमै वताएका छन् ।

गोसाईले केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझी, पालिका सभापती हरिहर चौहानसहित क्षेत्रीय सहसचिव उपेन्द्र गुप्ता लगायतका विषयमा मेरो आरोपका कारण भ्रम श्रृजना हुन गएकोमा सोको निम्ती क्षमायाचनासमेत गरेको खण्डनका क्रममा गोसाईले खुलाएका छन ।

कमेन्टहरु