समाचार

श्री पश्चिम पहुनी माविमा अक्षराम्भ कार्यक्रमका साथै ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

पार्बती थारु
२०८१ माघ २१ | मध्यान्ह ०६:१० बजे

तिलोत्तमा । तिलोत्तमा- ६ पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यामिक विद्यालयले सोमबार सरस्वती पुजाको अवसरमा ६५ औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह २०८१ उत्सवका साथ मनाएको छ ।

यसैगरी बसन्त पन्चमी सरस्वती पुजा तथा अक्षराम्भ कार्यक्रम पनि गरिएको छ । कक्षा नर्सरी देखि कक्षा १२ सम्म इंग्लिस र नेपाली दुवै मिडियममा अध्यापन हुने यस विद्यालयमा विभिन्न खेलकुदको आयोजना गरिएको खेलकुदमा प्रथम दोस्रो र तेस्रो हुने विद्याथीहरुलाई ट्रफी र टिका लगाई सम्मान गरिएको थियो । यसैगरीे वार्षिक परिक्षा २०८० मा प्रथम, दोस्रो तेस्रो हुने विद्याथीहरु त्था अतिरित्त क्रियाकलापमा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

photo 2025 02 03 18 33 16

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी अतिथिहरुमा विद्यालयका प्राध्यानाध्यापक दुर्गा नारायण श्रेष्ठ, सह प्राध्यापक पुण्य बगाले, इङ्ग्लिस मिडियम कोआर्डिनेटर दुर्गादत्त घिमिरे, विद्यालयमा छात्रवृत्ति अक्षयकोषका टेक बहादुर गुरुङ, राजन पाण्डे लगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले चेतनामुलक गीतिनाटक, नृत्य तथा मन्तव्य प्रस्तुत गरेका थिए । विद्यालय परिसर अगाडि फुलबारी बनाइएको केयरीमा विभिन्न प्रकारका फूलहरु रोपेर कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक कृष्ण अधिकारीले गर्नु भएको थियो ।

photo 2025 02 03 18 33 30

कमेन्टहरु