मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बागेश्वरी मावि सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै

उमेश रोकाया
२०८१ माघ २१ | मध्यान्ह ०५:१० बजे

बाजुरा, माघ २१ । बागेश्वरी माध्यमिक बिधालय सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका छन। हिमाली गाउँपालिका – ५ स्थिति रुगिन गाउँमा रहेकोे बागेश्वरी माध्यमिक बिधालय सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाएका छन । “विद्याकी देवी भएकाले विशेष गरी शिक्षक र विद्यार्थी आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेर पुजा गरेका छन ।” सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा हिमाली गाउँपालिकाका सबै बिधालयमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाउदै गरेको प्रधानाध्यापक दिल बहादुर कार्कीले बताउनुभयो ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउन लगाएका छन । बिधालय सरस्वती पुजाआजा गर्नुका साथै सास्कृतिक कार्यक्रम देउडा, ठाडो भाग र नित्य जस्ता कार्यक्रम प्रस्तुत गरेर मनाएका छ्न। पुजा गर्दै फलफूल प्रसाद स्वरुप आगन्तुकलाई दिने गरेका छ । सरस्वती पुजा कार्यक्रम अध्यक्षतामा बिधालय व्यवस्थापन समिति अध्यक्ष सर्जन चदारा अतिथि बिधालय प्रधानाध्यापक दिल बहादुर कार्की शिक्षक अभिभावक सहित बिद्यार्थी भाइबहिनीहरुको बाक्लो उपस्थितिमा सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएका बागेश्वरी माध्यमिक बिधालय परिवारले जनाएको छ ।

कमेन्टहरु