राष्ट्रपतिद्वारा न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

नवलपुर टुडे
२०८१ माघ २१ | मध्यान्ह ०४:१० बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन्।

नेपालको संविधानको बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई नियुक्त गरेका हुन्।
बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।



















