देश

नेपाल प्रहरीका ३७ एसपीहरुको पदस्थापन : को कहाँ ? (सूचीसहित)

नवलपुर टुडे
२०८१ माघ २१ | मध्यान्ह ०२:१० बजे

काठमाडौं । नेपाल प्रहरीका ३७ प्रहरी उपरीक्षक (एसपी) हरुको पदस्थापन भएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपीमा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको हो । प्रहरी प्रधान कार्यालयले आज एक सूचना निकाल्दै ३७ जना एसपीको पदस्थापन गरेको जनाएको छ ।

पदस्थान सूची अनुसार कुलदीप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएको छ । सुमित खड्कालाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोहर प्रसाद भट्टले जिम्मेवारी पाएका छन् । उनको पदस्थापन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा गर्ने निर्णय भएको छ ।

महेन्द्रकुमार श्रेष्ठको स्थानमा भट्टलाई काजमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दीपक गिरी ट्राफिक प्रहरी कार्यालय, युवराज खड्का सीआईबी र नवीन कार्की काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन् । साइबर ब्यूरोमा भेषराज रिजाल र मानव बेचबिखन अनुसन्धान ब्यूरोमा रुगम बहादुर कुँवरलाई पदस्थापन गरिएको छ ।

हेर्नुस् सूची

कमेन्टहरु