मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

खोप समन्वय समितिलाई एच.पी.भी. सम्बन्धि हिमालीमा गोष्ठी

उमेश रोकाया
२०८१ माघ २० | मध्यान्ह ०५:१० बजे

बाजुरा, माघ २० । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा पालिका स्तरीय खोप समन्वय समितिलाई एच.पी.भी. सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी गरिएको छ । पाठेघर मुख क्यान्सर सम्बन्धि रोगलाई लगाइने खोप सम्बन्धि कार्यक्रम भएको हो । एच.पी.भी. को २ सय भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन् । यसमध्ये कम्तीमा १२ वटा प्रजाती पाठेघर मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । यश मध्य पनि १६ र १८ प्रजाती प्रमुख कारक हुन । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिने स्वास्थ्य संयोजक गोबिन्द सहकारीले बताउनुभयो ।

एच.पी.भी. संक्रमण पटकपटक भएर २० वर्षसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ । यसको संक्रमण सुरुको अवस्थामा कुनै लक्षण, चिन्हहरु देखिदैनन । यो खोप कक्षा ६ देखि १० सम्मका छात्राहरू र बिधालय नजाने १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरुले लगाउनुपर्छ । एच.पी.भी. खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी हुन्छ । यो खोप लगाउन किशोरीहरुले अभियान सञ्चालनको समयमा नजिकैको बिधालय गएर लगाउनु हुन अनुरोध गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो ।

एच.पी.भी. खोप अभियान देशभर माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुदैछ । खोप लगाउन जादा बिधालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरुले उमेर खुल्ने प्रमाणपत्र लिएर खोप लगाउने बिधालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरूले बिधालय परिचयपत्र देखाउनुपर्छ । हिमाली गाउँपालिका माघ २७ र २८ गते खोप सञ्चालन गरिने भएको छ । पालिका भित्र करिब २ सय १५ जना किशोरीलाई खोप लगाउने उद्देश्य रहेकोे अधिकृत भण्डारीले बताए ।

पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखको क्यान्सर रोग निवारण रणनीति एच.पि.भी. सेवा सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सर प्रमुख कारक हो । यस्तो जोखिम रोगलाई नियन्त्रण गर्नका लागि यो एच.पी.भी. खोप लगाउने अभियान सञ्चालन गरिने भएको छ । हिमाली गाउँपालिका भित्र रहेका बिधालय जाने वा नजाने छात्रालाई खोप अभियान कार्यक्रम सफल गर्नु अनुरोध गरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अतिथि उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, स्वास्थ्य संयोजक गोबिन्द सहकारी सहित वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरुको सहभागिता पालिका स्तरीय खोप समन्वय समितिलाई एच.पी.भी. सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

कमेन्टहरु