राजनीति

राष्ट्रियसभा बैठकमै बेहोस भए सांसद नारायणदत्त भट्ट

नवलपुर टुडे
२०८१ माघ २० | मध्यान्ह ०४:१० बजे

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बेहोस भएका छन्। उच्च रक्तचाप र मधुमेहका बिरामी भट्ट आइतबार राष्ट्रिय सभाको बैठक चलिरहेका बेला अचानक ढलेका हुन्।

उनले आजको बैठकमा बोल्ने तयारीसमेत गरेका थिए। अहिले उनको संसद् भवनमै उपचार भइरहेको छ। उनी खतरामुक्त रहेको बताइएको छ।

उनी बेहोस भएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनको सट्टा कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्नका लागि समय दिएका थिए।

कमेन्टहरु