कुलमानको समर्थनमा देशैभर प्रदर्शन, प्रहरीले हान्यो पानीको फोहोरा

नवलपुर टुडे
२०७७ भदौ ३१ | मध्यान्ह ०२:०५ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्नु पर्ने माग सहित काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तितरवितर पारेको छ ।
आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरे पछि उनका समर्थकहरु देशैभर प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका थिए ।























