अपराध, कर्णाली प्रदेश

रारा निकुञ्जमा सिकार गरेको आरोपमा दुई जना पक्राउ 

तपेन्द्र एडी
२०८१ माघ १९ | मध्यान्ह ०५:१० बजे

सुर्खेत । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । उनीहरुलाई भरुवा बन्दुकसहित निकुञ्ज गस्ती टोलीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।

रारा राष्ट्रिय निकुञ्ज कर्मचारी र निकुञ्जको सुरक्षार्थ तैनाथ श्री हनुमान ध्वज गुल्मको संयुक्त अपरेशन टोलीले विशेष सुचनाको आधारमा सिकार खेल्दै गरेको मौकामा संरक्षित पंक्षी डाँफेको सिकार गरी कारोवार भइरहेको भन्ने सुचना प्राप्तका आधारमा चोरी सिकार गर्ने दुई जनालाई निकुञ्ज सुरक्षा टोलीले पक्राउ गरेको हो ।

निकुञ्ज क्षेत्रमा संयुक्त अपरेशन टोलीले भरुवा बन्दुक सहित दुई जना सिकारीको साथमा मृत्त डाँफे जीउ ३, (भाले १, पोथी २) फक्रास जीउ ३ (भाले २, र पोथी) भरुवा बन्दुक थान १, भरुवा वन्दुकमा प्रयोग हुने गोली थान ३६, भरुवा बन्दुक पड्काउन प्रयोग हुने केप थान २७, बारुद बट्टा थान २, वारुद बनाउन प्रयोग गरीने सेतो रङको सोडा अन्दाजी ५ सय ग्राम, चक्कु थान १ मोवाईल थान १ र झोला कालो १ थान सहित रारा राष्ट्रिय निकुञ्जले पक्राउ पर्नेको साथमा रहेको प्रमाण सहित शुक्रवार सार्वजनिक गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेमा कनका सुन्दरी गाउँपालिका १ रिया गाउँ जुम्ला, बर्ष २६ का मानबहादुर कठायत र सोही गाउँपालीका वडा नं १ रियाकै बर्ष ३९ का गोरे कठायत रहेका छन ।

कमेन्टहरु