मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सुरु
तपेन्द्र एडी
२०८१ माघ १९ | मध्यान्ह ०४:१० बजे

सुर्खेत । कर्णाली प्रदेशको मुगु जिल्ला स्वास्थ्य अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ। एक बर्षदेखि विशेषज्ञ चिकित्सककाे अभावले राेकिएकाे सेवा कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाका डाक्टर अबिषेक बिश्वको नेतृत्वमा सुरु गरिएको हो।
यी सेवाल मुगुका स्थानीय जनतालाई अति आवश्यक पर्न जटिल समस्या समधान गर्ने उदेश्यले छायाँनाथ रारा नगरपालिकाले दश लाख नगद र शैक्षिक उपकरण उपलब्ध गराउने ब्यबस्था गरिएको छ । नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले जानकारी दिनुभयो ।
मुगु जिल्ला अस्पताल समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लका अनुसार अब यहाँको जनताले स्वास्थ्य उपचारको अभाबमा अकालमै मृत्यु हुनुपर्ने समस्या समाधान भएको बताए ।























