झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी
दिप्शन गुरुङ
२०८१ माघ १९ | मध्यान्ह ०३:१० बजे

बनियानी (झापा), माघ १९ । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् । कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक/एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच/पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई/दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् । आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
“हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक रु दुई लाख उपलब्ध गराउने गरेको छ”, उहाँले भन्नुभयो । “बिरामीलाई यातायात खर्च दिन्छौँ, रकम पर्याप्त हुँदैन, विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरु उपचार गराउन आउँदैनन्”, डा काफ्लेले भन्नुभयो ।

















