मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बुढिनन्दा नगरपालिका घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन

उमेश रोकाया
२०८१ माघ १९ | बिहान ०६:१० बजे

बाजुरा, माघ १९ । बाजुराको बुढिनन्दा नगरपालिकाले घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ । केही दिन अगाडि बुढीनन्दा नगरपालिकाबाट अछाम, डाेटी र बाजुराकाे तल्लो क्षेत्रमा भेडा बाख्रा चरिचरनका लागि विशेष गरि वलिगाँउ मगलसेन, मेल्लेख, सिगाडा, काँडा, बाब्ला, सरानी, मार्कु, चाैखुट्टे, विरखम्म, त्रिवेणी लगायत ठाँउमा भेडा पालन गर्न बसाेबास गरिरहेका छ्न । जनजातिका भेडाबाख्रा रोगको संक्रमणले एकै दिनमा ३ सय ५० भेडा बाख्रा मरेकाे करिब ८ हजार भन्दा बढी भेडाबाख्रामा हालसम्म २ हजार जति विरामी रहेकाे बुढिनन्दा नगरपालिकाले जनाएको छ ।

एक हजार भन्दा बढीकाे संक्रमण रोग लागेका भेडा बाख्रालाई उपचार भैसकेको छ । बुढीनन्दा नगरपालिकाले ओेेषधि र पशु चिकित्सक सहितकाे टिम सोही क्षेत्रमा परिचालन गरिरहेकाे नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो । अझैं संक्रमण रोगको स्थितिलाई नियन्त्रणमा लिन सकिएकाे छैन । यस सम्बन्धि जिल्ला पशु कार्यालय लगायत अन्य निकायमा जानकारी गराउदा पनि औसधि सहितकाे पशुचिकित्सक टाेलि अहिलेसम्म खटाईएकाे छैन । एक्कसी फैलिएको भेडा बाख्रा महामारी संक्रमण रोगको नियन्त्रण गर्ने सम्बन्धि सबैकाे ध्यान आकर्षण समेत गराएको छ ।

सोही ठाँउका स्थानिय सरकार लगायत सहयाेगी संघ संस्थालाई सहयाेगकाे लागि अपिल गरेको छ । बुढीनन्दा नगरपालिकाकाे प्रतिनिधित्व गर्दै रातदिन खाई नखाई गरीब जनताका भेडाबाख्रा बचाउन खट्नु हुने पशुचिकित्सक डा. पदम पाण्डे, प्रा.स. विनाेद बाेहरा, काेल्टी अस्पताल ब्यबस्थापन समिति सदस्य प्रेम थापा भाेटे, रामचन्द्र बाेहरा लगायतकाे टाेलीलाई नगर प्रमुख बोहराले हार्दिक धन्यवाद दिएका छन ।

कमेन्टहरु