मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
प्रेस युनियन बाजुराले पत्रकार महासंघ पदाधिकारीलाई बधाई कार्यक्रम


बाजुरा, माघ १८ । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाल पत्रकार महासंघ पदाधिकारीलाई बधाई कार्यक्रम गरिएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको आयोजनामा मंसिर २८ गते भएको नेपाल पत्रकार महासंघ जिल्लाशाखा बाजुराको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका उपाध्यक्ष संगिता तिमिल्सिना, सचिव प्रेमबहादुर रौले कोषाध्यक्ष जनक बोहरा र सदस्य उमेश रोकायालाई अबिर सहित खादा लगाए बधाई ज्ञापन गरेको छ ।
विशेषगरी नेपाल प्रेस युनियनलाई चलाएमान गर्न र आगामी युनियनको रणनीतिका बारे छलफल गरेको छ । नेपाल प्रेस युनियन चौथो बैठकमा बोल्दै अब बाजुराको पत्रकार विशेष खोजमुलक पत्रकारिता आवश्यक रहेकोे छ । स्थानीयले गरेका राम्रो वा नराम्रो विषय कलम चलाउनुपर्ने नेपाल प्रेस युनियन पुर्व केन्द्र सदस्य दयाराम पण्डितले बताउनुभयो ।
पत्रकारिता काम गर्दा निति नियम र कानुन सबै कुरा अध्यन गर्नुपर्छ । पत्रकार हुनका लागि एउटा आइडी बोकेर हुँदैन समाज रहेका विकृति लगायत यहाँ पछाडि रहेको बाजुरा जिल्ला माथी उठाउन कलम चलाउनुपर्ने नेपाली काङ्ग्रेस बाजुराका उपसभापति पदम बढुवाले बताए । राज्यको चौथो अंग रूपमा मानिने पत्रकार क्षेत्र विषय कुनै राम्रो नराम्रो पक्ष वकालत गर्न सक्नुपर्छ । नेपाल पत्रकार महासंघ नव निर्वाचित पदाधिकारीहरुलाई थप प्रगतिको कामना गर्दै हार्दिक बधाई समेत दिएको नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुरा अध्यक्ष संगिता तिमिल्सिनाले बताउनुभयो ।
नेपाल प्रेस युनियनलाई बचाउन युनियन भित्र रहेका जिम्मेवारी मान्छेको पहिलो भुमिका रहेकोे छ । पत्रकार यहाँ दुर्गम जिल्ला विषय कलम चलाउनु त्यसमा केही भएमा हाम्रो सिङ्गो युनियन सधै लागिपर्ने नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुरा अध्यक्ष संगिता तिमिल्सिनाले बताए । युनियनको चौथोपटक बैठकमा प्रेस युनियन भित्र विभिन्न विषयलाई छलफल गरि चौथो बैठक समापन गरेका छन ।
नेपाल प्रेस युनियनमा नयाँ आएका साधारण सदस्य साबित्रि रोकाया र गणेश बहादुर धामीलाई खादा सहित अबिर लगाएर स्वागत गरिएको छ । बैठकको अध्यक्षतामा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुरा अध्यक्ष संगिता तिमिल्सिना प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदुर पश्चिम प्रदेश समिति सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख धनराज पण्डित विशिष्ट अतिथि नेपाली काङ्ग्रेस बाजुरा उपसभापति पदम बढुवाल, नेपाल प्रेस युनियन पुर्व केन्द्रिय सदस्य दयाराम पण्डित, अतिथि प्रेस युनियन पुर्व उपाध्यक्ष मान बहादुर ऐडी पुर्व सचीव प्रशान्त जोशी रहनु भएको थियोे । सोही कार्यक्रम संचालन सचीव राम बहादुर विकले गर्नुभएको छ ।























