गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

नवलपुर टुडे
२०८१ माघ १८ | मध्यान्ह ०४:१० बजे

काठमाडौँ, माघ १८ । गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् ।
शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै उहाँले आज काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएको हो।’























