राजनीति

प्रतिनिधिसभामा सभापति देउवाको सम्बोधन (पूर्णपाठ)

नवलपुर टुडे
२०८१ माघ १८ | मध्यान्ह ०२:१० बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देउवाले एमालेसँगको सातबुँदे सहमति कार्यान्वयन हुने पनि बताए ।

उनले भने, “सहमति कार्यान्वयन हुनेछ । अन्य राजनीतिक दलको पनि सहयोग हुनेछ भन्ने विश्वास लिएको छु ।”

देउवाले सरकारले ६ महिनाका अवधिमा गरेका काम राम्रा भएको दाबी गरे । “कुनै पनि सरकारको मूल्यांकन गर्न ६ महिनाको सहकार्य पर्याप्त हुँदैन । सरकारले यस अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने अनुभूति गरेको छु,” उनले भने । 

उनले कानुन निर्माणले गति लिन नसकिएको सुनेको बताए । कानुन निर्माणको थलो सदन भएकाले ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

देउवाले संविधान संशोधनका विषयमा दलहरूबीच छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

उनले गरेको सम्बोधनको पूर्णपाठ यस्तो छ ।

कमेन्टहरु