सभामुखले बोल्ने समय नदिएपछि रास्वपाले १५ मिनेट बैठक बहिष्कार गरेका हौँ : सोविता गौतम

नवलपुर टुडे
२०८१ माघ १८ | मध्यान्ह ०२:१० बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सोविता गौतमले प्रतिनिधिसभामा आफूले भनाइ राख्न चाहे पनि सभामुख देवराज घिमिरेले समय नदिएको आरोप लगाएकी छिन् । शुक्रकार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्–‘संसद्को पहिलो दिन हामीले केही विशेष कुरा राख्न चाहेका थियौँ ।
तर सभामुखले समय दिनुभएन त्यसको विरोधस्वरुप १५ मिनेट बैठक बहिष्कार गरेका हौँ । १५ मिनेट पुरा भयो अब हामी जान्छौँ ।’ सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न समय नदिएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।


















