देश

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

नवलपुर टुडे
२०८१ माघ १८ | बिहान ०६:१० बजे

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक सुरु हुने छ । प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । 

त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ आफ्नो मन्तव्य राख्नेछन् । त्यसपछि विभिन्न अध्यादेशहरु सभामा पेस गरिनेछ ।  प्रतिपक्षी दलले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने तयारी गरेका छन् । संसद्को अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षमा रहेका दलले आरोप लगाउँदै आएका छन् । 

22

 

 

कमेन्टहरु