नेपाल विद्यार्थी संघ बिहादीको दोस्रो पालिका अधिवेशन सम्पन्न


पर्वत । पर्वतको बिहादी गाउँपालिकामा नेपाल विद्यार्थी संघको दोस्रो पालिका अधिवेशन बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा बिहादी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिला प्रतियोगितामा सहभागी भइ स्वर्ण पदक विजेता भएका विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
हिमलाल गिरि पासरको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश सभा ख तथा बिहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ । विशिष्ट अतिथिहरुमा नेपाली काँग्रेस जिल्ला सहसचिव तिलक भुसाल संगठन विभाग प्रमुख, नेविसंघ पुर्वी केन्द्रीय सदस्य तथा पर्वत प्रदेश क्षेत्र १ ख का प्रदेश प्रतिनिधि शैलेन्द्र शर्मा गौडेल , नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य रण बहादुर आले, केन्द्रीय सदस्य किशोर सुवेदी नेविसंघ जिल्ला अध्यक्ष अजय पोखरेल, नेविसंघ जिल्ला सचिव रामचन्द्र सुवेदी, नेपाली काँग्रेस बिहादी गाउँपालिका सभापति विष्णुप्रसाद भुसाल, महिला सँघ बिहादीका सभापति विष्णु खड्का, नेपाली काँग्रेस बिहादीका युवा नेता तथा समाजसेवी हरि न्यौपाने लगायतको उपस्थिति रहेकोे थियो ।
दोस्रो अधिवेशनले ४३ नयाँ सदस्य समिति चयन गरेको छ जसमा सभापति समुन नेपाली उपसभापतिमा, सन्ध्या क्षेत्री, मेलिना पौडेल, अर्जुन भुसाल, सचिव अम्बिका अधिकारी, रेशम सुनार, सहसचिव अनुषा पौडेल, दिपा भुसाल, कोषाध्यक्ष, बाबुराम भुसाल, सहकोषाध्यक्ष अस्मि आले सदस्यमा किस्मत विक, सन्देश भुसाल, विवस भुसाल शुशिला भट्टराई, सारदा पौडेल, रिता पौडेल, विमला पौडेल सारदा भुसाल लगायतको रहेका छन् ।























