मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

आँखा रोगले थला परेका बुढथापालाई आर्थिक सहयोग अपिल

उमेश रोकाया
२०८१ माघ १७ | मध्यान्ह ०५:१० बजे

बाजुरा, माघ १७ । बाजुरा जिल्ला पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ५ रुगिन गाउँका छ्प्की बुढथापा दुई वर्षदेखि आँखा रोगले थला परेका उपचारका लागि आर्थिक अभावले समस्या परेका छन । दुई वर्षगाडि आँखा समस्या केही नहुदा धनगढी, मार्तडी र धुलाचौर आवतजावत गर्ने गरेको थिए । अहिले आँखा बन्द भएर नदेखिएकाले बाहिर हिड्न भन्दा घर बाहिर भित्र गर्न समस्या आएको छ ।

आफू जन्मेदेखी दुबै आखा प्रस्ट देख्ने गरेको थिए । अहिले दुई वर्ष भयो के कारणले भयो आफैं आँखामा एक्कसी समस्या हुन लागेको हो । आँखा बन्द हुँदा साथ धनगढी गेटा अस्पतालमा उपचार गर्ने पुगियो । “आँखा अप्रेसन गरिसकेपछि पट्टी खोलिएको दिनदेखि विस्तारै देखिन्छ डाक्टर भने, अप्रेसन गरिसकेपछि देखिएनन् ।” अहिले दुबै आँखा बन्द भएर केहि नदेखिने अवस्था पुगेको उनको भनाइ छ । सुरुमा आँखा समस्या हुँदा घरका बाख्रा बेचेर धनगढी गेटा अस्पतालमा उपचार गर्न गएको छ्प्की बुढथापाले बताउनुभयो ।

अहिले घरमा बाख्रा पनि छैनन् पैसा नि छैनन् । आर्थिक कमजोरीका कारणले सुबिधा सम्पन्न सहरमा गएर औषधी उपचार गर्न ठुलो समस्या भएको हो । ‘पहिला आँखा सफा हुँदा गाउँका सबैले रामराम गर्थे । आजभोलि न समाजले न नेताले कसैले नहेर्ने गरेको छ ।’ तत्काल उपचार गर्न बाहिर हिंड्नका लागि घरमा आर्थिक अभावले समस्या परेको हो । आफ्नो आँखा उपचारको लागि व्यक्तिगत तथा संस्थागत हिसाबले आर्थिक सहयोग अपिल समेत बुढथापाले गरेका छन ।

कमेन्टहरु