राजनीति

हामी पार्टीकाे नियमित कार्यक्रम अनुसार राष्ट्रिय सम्मेलन शुरु गरेका छाैं !

नवलपुर टुडे
२०८१ माघ १७ | बिहान ०९:१० बजे

काठमाडौं । पुर्ण बहादुर सिंह “समरजंग” नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय सम्मेलन सुरु भएकाे छ । गत बैशाखमा गठन भएकाे पार्टीकाे बिशेष राष्ट्रिय सम्मेलन आजबाट सुरु भएकाे केन्द्रीय कार्यलयले जानकारी दिएको छ । ।

पार्टी केन्द्रीय कार्यलयलाई “पार्टी विघटन भएको भन्ने हल्ला छत फेरि तपाईंहरु राष्ट्रिय सम्मेलन भनिरहनु भएको छ त ? भन्ने प्रश्नमा पार्टीकाे सम्पर्कमा नरहेका केहि निष्क्रिय अराजक ब्यक्तिहरुले पार्टी विघटनकाे पिट्नु निराधर हाे हामी पार्टीकाे नियमित कार्यक्रम अनुसार राष्ट्रिय सम्मेलन शुरु गरेका छाैं ! याे ऐतिहासिक र दुरगामि महत्त्व राख्ने निर्णय हुनेछ । हामी देशै भरिबाट झन्डै दुई सय भन्दा बढि प्रतिनिधि र प्रवेक्षकहरुकाे सहभागीतामा पार्टीको राष्ट्रिय सम्मेलन आज देखि सुरु गरेका छाैं ।

बाकी साेधिएकाे प्रश्नमा पार्टी केन्द्रीय कार्यलयले भन्यो “हामीले माघ १९ गते सम्म राष्ट्रिय सम्मेलन गर्नेछौं राष्ट्रिय सम्मेलन पछि गरिएका निति तथा कार्यहरू पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने नै छाैं ।”

कमेन्टहरु