राजनीति

माओवादी केन्द्रको संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्ने

नवलपुर टुडे
२०८१ माघ १७ | बिहान ०९:१० बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ।

प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

संसद्को हिउँदे अधिवेशनको तयारीमा बैठक केन्द्रित रहनेछ। पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, कानुन निर्माणलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको उल्टो बाटो हिँडेको, संसद् छलेर निरङ्कुश तरिकाले अध्यादेशबाट शासन गर्न खोजेकोलगायत आरोप माओवादी केन्द्रले लगाउँदै आएको छ।

कमेन्टहरु