देश

भरतपुरका यी स्थानमा आज बिजुली नआउने

नवलपुर टुडे
२०८१ माघ १५ | बिहान ०७:१० बजे

चितवन, माघ १५ । भरतपुर महानगरपालिका वडा नं ७ को विभिन्न स्थानमा आज सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर–७ को कटहर चोकदेखि बुद्धचोकसम्म र आसपासरमा क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बताएको छ ।

वितरण केन्द्रले सोमवार एक सूचना जारी गरी विद्युत अवरुद्ध हुनेबारे जानकारी दिएको हो । ११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यका लागि विद्युत अवरुद्ध हुने भएको केन्द्रले जनाएको छ । निर्धारित समय अगावै काम सकिएमा छिटो लाइन सुचारु हुने बताइएको छ ।

 
 

कमेन्टहरु