मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
आमाबाबुको मृत्युपछि छोराछोरी बिचल्लीमा


बाजुरा, माघ १३ । जिल्लाकाे पुर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका – ६ पाँडी गाउँमा आमाबाबुको मृत्युपछि छोराछोरी बिचल्लीमा परेका छन । घरमा रहेका दुई छोरा र एक छोरीको आमाबाबुको मृत्युपछि बिचल्लीमा सहारा खोजिरहेका छन । छोरा १८ वर्षका रजन रोकाया १६ वर्षका रबन रोकाया छोरी १३ वर्षकी असु रोकाया रहेका छन । जेठो छोरा आमाबाबुको मृत्युपछि आर्थिक अवस्था कमजोर हुँदा ९ कक्षा पास गरेर बिधालय छोडेर भारतमा ज्यालादारी गर्न गएका छन । अर्को छोरा कक्षा ११ मा अध्यन गरिरहेका छन । छोरी गाउँमा रहेको विधालयमा ६ कक्षामा पढाई गरिरहेको रबन रोकायाले बताएका छन ।
बुवा रिउलो रोकायाको २०६५ साल र आमा रुपकली रोकायाको २०७६ साल भिरबाट लडेर मृत्यु भएका हुन । आमाबाबु दुबैको मृत्यु भएपछि घरको अवस्था जीर्ण हुँदा अहिलेसम्म अर्काको घरमा बस्दै आइरहेका छन । घरमा आयोस्रोत न्यून भएकोले जेठो दाइले पढ्दापढ्दै बिचमा छोडेको असु रोकायाले बताए । घरमा आमाबाबुको मृत्युपछी तीनवटा भाइबहिनी गाउँमा जसोतसो जीवन गुजारा चलाइरहेका छन । बासस्थान गर्ने घर जीर्ण खालको हुँदा आफ्ना आफन्त घरमा बस्दै आएका छन । भाइबहिनी साना भएपछि आमदानी स्रोत केही नहुदा पढाई खर्च चलाउन भन्दापनि घरमा खानाको छाक टार्न समेत धौधौ भएको रबन रोकायाले बताएका छन ।
आमाबाबुको मृत्युपछी घरमा भाइबहिनी टुहुरा भएपछि आर्थिक अभावले साझबिहान खाना खान मुस्किल अबस्था भएको छ । गाउँमा ८ कक्षासम्म अध्यन गरिसकेपछि ८ कक्षाभन्दा माथिल्लो कक्षा पढाइ गर्ने गाउँभन्दा बाहिर जानुपर्ने स्थिति हुँदा पैसा खानको समस्याले पढाई जोड्दै जानुपर्ने स्थितिमा रहेका छन । घरमा आर्थिक अभावको जेठो दाइले पढाई छोड्दै ज्यालादारी गर्न भारत गएको छ । अहिले घरमा दुई भाइबहिनी बस्दै आइरहेका छन । गाउँमा आमाबाबुको मृत्युपछि तीन भाइबहिनी बिचल्लीमा परेका छन ।























