राजनीति

जनताले विश्वास गरे ८४ मा बहुमत ल्याउँछौं: महासचिव चन्द

नवलपुर टुडे
२०८१ माघ १३ | मध्यान्ह ०५:१० बजे

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महासचिव चन्दले नेकपालाई निर्वाचनमा विजयी गराए राष्ट्रिय स्वाधीनता र समाजवादको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपाली जनतालाई संसदीय चुनावमार्फत समाजवादी अभियानको मार्गमा लैजाने आफ्नो चाहना रहेको बताउँदै, देशलाई स्वाधीन बनाउन र जनताको जीवनस्तर माथि उठाउन निर्वाचनमार्फत जनादेश मागिएको सुनाए।

महासचिव चन्दले नेपाली जनतासँग दया, माया वा पैसा होइन, विश्वास मात्र आवश्यक रहेको स्पष्ट पारे। उनले नेकपालाई एक पटक विश्वास गरिए, व्यवसाय र उत्पादन वृद्धिका लागि सहयोग गर्ने र कसैले पनि हेप्न नसक्ने गरी नेपालको व्यवसायलाई माथि उकास्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘०८४ को निर्वाचनलाई समाजवादी अभियान र राष्ट्रिय स्वाधीनताको निम्ति प्रयोग गर्ने हाम्रो लक्ष्य हो। संसदीय चुनावका माध्यमबाट समाजवादको यात्रा सुरु गर्ने हाम्रो चाहना छ। नेपाली जनताले हामीलाई विश्वास गरे, बहुमत वा दुई तिहाई सिट जित्ने छौँ र देशको अग्रगमनका निम्ति काम गर्नेछौँ।’

महासचिव चन्दले ०८४ सालको निर्वाचनलाई अग्रगमन, स्वाधीनता र समाजवादको पक्षमा हुने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए। उनले नेपाली जनतालाई एकपटक नेकपालाई समर्थन गरी समाजवादको यात्रामा सहभागिता जनाउन आह्वान गरे।

 

कमेन्टहरु